काठमाण्डू, २६ फागुन– प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।
संसदमा प्रतिनिधित्व गर्ने प्रमुख सचेतकहरुको बैठकले त्यस्तो निर्णय गरेको हो । सभामुख देवराज घिमिरेले सोमबार प्रमुख सचेतकहरुको बैठक बोलाएका थिए ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रचण्डले बोल्न समय मागेकाले बोल्न समय निर्धारण गरिएको बताए ।
राजावादीहरुको चलखेल बढेको भन्दै जारी तराई मधेसी केन्द्रित अभियान स्थगन गरेर प्रचण्ड काठमाण्डु आएका छन् ।