काठमाण्डू, २५ फागुन– चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–९ का ३४ वर्षीय सुरेश महतोको हात्ती आक्रमणमा मृत्यु भएको हो । महतो रत्ननगर–७ का बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार महतोलाई शुक्रबार राति हात्तीले हाक्रमण गरेको थियो । शव शनिबार फेला परेको हो ।
गोविन्देको आक्रमणबाट यसअघि गत असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरमा कार्यरत ३६ वर्षीय जद्दुसिंह थारुको ज्यान गएको थियो ।