काठमाण्डूको सुरक्षा व्यवस्था कडा

काठमाण्डु टुडे २०८१ फागुन २५ गते ८:३८ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– काठमाण्डू उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादी दल राप्रपाले प्रदर्शन गर्ने भएपछि सुरक्षा कडा पारिएको हो । दुर्गा प्रसाईं समूहले पनि प्रदर्शनको तयारी गरेको छ ।

बिहानैदेखि काठमाण्डुका विभिन्न चोकमा बाक्लो सुरक्षा तैनाथी छ । त्रिभुवन विमानस्थल आसपास क्षेत्र, नारायणहिटी दरबार संग्रहालय, निर्मलनिवास लगायत क्षेत्रमा सुरक्षाकर्मीको चहलपहल देख्न सकिन्छ ।

काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले जानकारी दिए । ‘अरु कारणले भन्दा पनि भिडभाड नियन्त्रणका लागि तयारी हो’, उनले भने ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us