ओली सरकारका कारण देश दुर्घटनाको खतरामा परेको भन्दै माओवादी नेताहरू काठमाण्डू फर्कँदै

काठमाण्डु टुडे २०८१ फागुन २४ गते १८:४१ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– गत १२ फागुन देखि पूर्वको झापाबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू आज काठमाण्डू फर्किदैँ छन ।

आज ( शनिबार) रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर फागुन महिनाभरि तय गरेको ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सलवलाएकाले संसद् र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको उपमहासचिव मातृका यादवले जानकारी दिएका छन । पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न आइतबार ३ बजे पदाधिकारी बैठक बोलाएको यादवले जानकारी दिएका छन ।

उनले भने, ‘केपी ओलीको जनविरोधी गतिविधिका कारण प्रतिगामी शक्तिहरू सलबलाएका छन् । यो सरकारका कारण देश दुर्घटनामा पर्ने खतरा देखियो । हामी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडकको मोर्चा प्रभावकारी हुन सकेन । प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी बनाउन अभियान स्थगित गरिएको हो’, उनले भने, ‘आगामी अभियानको स्वरूप परिवर्तन हुन्छ ।

बिचबिचमा ब्रेक गरेर बाँकी अभियान चलाउँछौँ ।’यादवले राजावादीको गतिविधिबारे खासै छलफल नभएको भन्दै ओली सरकारको जनविरोधी गतिविधिविरुद्ध विपक्षी दलहरू, समाजवादी मोर्चा र सदनलाई प्रभावकारी बनाउन बैठक बोलाएको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us