काठमाण्डू, २४ फागुन– एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले वर्तमान सरकार दुईपटक ढल्ने बताएका छन् ।
पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीको उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोमा शनिबार ढकालले कसैले भन्दैमा काँग्रेस–एमाले गठबन्धन नहल्लिने दाबी गरे ।
काँग्रेस–एमालेबीच गत ७ असारको मध्यरातमा भएको ७ बुँदे सहमतिका आधारमा आगामी ०८३ असारमा आफ्ना अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने उनको भनाइ थियो ।
‘एकपटक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्छ’, ढकालले भने ।
उनले काँग्रेस सभापति शेरबहादुर देउवा र आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली सहमतिमा अडिग रहेसम्म अरुले विरोधमा बोलेर केही नहुने जिकिर पनि ढकालले गरे ।
फरक प्रसंगमा ढकालले सञ्चार माध्यमलाई नियन्त्रण गर्न नभई अराजकता रोक्न सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए । बलियो सरकार भएको मौकामा अराजकता रोक्न नसकिए कहिल्यै नसकिने उनको भनाइ थियो ।