काठमाण्डू, २४ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ ।
फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय गरीएको माओवादी उच्च स्रोतले जानकारी दिएको छ । राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको ती नेताले जानकारी दिए । अभियान अन्तरगत शनिबार रौतहटमा कार्यक्रम भएको छ ।
जहाँ अध्यक्ष प्रचण्डसहितका नेताहरू रहेका छन् । तर, यसपछिका अभियानलाई भने केही समय स्थगित गरेर संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्ने गरी पार्टी लाग्ने माओवादीको भनाइ छ ।