सामाजिक सद्‌भावमा आगो लगाउने तत्त्वदेखि सजग हुनुपर्छः ईश्वर पोखरेल

काठमाण्डु टुडे २०८१ फागुन २४ गते १५:५३ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– पूर्व उपप्रधानमन्त्री एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजग हुन आग्रह गरेका छन ।

आज (शनिबार) एमाले मधेस प्रदेश सम्पर्क कमिटीले ललितपुरको च्यासल स्थित एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रमका बोल्दै एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन ।

उनले अहिले पनि मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्त्व रहेको भन्दै सज हुनुपर्ने पनि बताएका छन । वरिष्ठ उपाध्यक्ष पोखरेलले एउटा जाती, धर्मको विरुद्ध अर्को जाती, धर्मलाई उक्साउने अपराधपूर्ण साजिसबिरुद्ध एकताबद्ध भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ ।

उनले मुलुकको सामाजिक सद्भाव खलबलिए देश नै नरहने खतरा रहेको पनि बताएका छन । उनले होली पर्वको सांस्कृतिक र सामाजिक महत्त्व धेरै भएकाले सामाजिक सद्भाव र भाइचारा कायम गरी मनाउनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us