काठमाण्डू, नेपाल–चीन सीमा क्षेत्रस्थित तिब्बतमा शनिबार भूकम्प गएको छ
तिब्बतको सिगात्से केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३५ मिनेटमा ५ ९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का तीब्बतसँग सीमा जोडिएका अधिकांश हिमाली जिल्लासहित काठमाण्डू उपत्यकासम्म महसुस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले भूकम्प गएको पुष्टि गरे ।
भूकम्पले भएको क्षतिबारे जानकारी प्राप्त भएको छैन ।
यसअघि शनिबार बिहान मात्र केही घण्टाको फरकमा म्याग्दी र बागलुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।