बैलौरी नगरपालिका–३ का वडाअध्यक्ष रिजालको निधन

काठमाण्डु टुडे २०८१ फागुन २४ गते ११:४१ मा प्रकाशित

कञ्चनपुर, २४ फागुन– कञ्चनपुरको बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको निधन भएको छ ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।

शनिबार दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन् । २०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us