नक्कली घुमुवा प्रहरी पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २४ गते १०:४२ मा प्रकाशित

रौतहट, २४ फागुन– घुमुवा प्रहरी हुँ भन्दै ठगी युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलम छन् ।

आलमले आफू घुमुवा प्रहरी भएको बताउँदै स्थानीय किसानबाट रकम असुल्ने गरेको पाइएको रौतहट प्रहरीले जनाएको छ ।

प्रहरीले आलमलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us