रौतहट, २४ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् ।
शनिबार बिहान रौतहटको गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटमा अध्यक्ष प्रचण्डले राजतन्त्र पुनः स्थापना असम्भव रहेको बताउँदै पूर्वराजा शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाएका हुन् ।
‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदि उनलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ,’ प्रचण्डले भने
प्रचण्डले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए प्रचण्डसहतिको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत शुक्रबार साँझ रौतहट पुगेका हुन् ।
शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य युवराज भट्टराईले जानकारी दिए ।