सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १८:०५ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– प्रहरीले आकर्षक तलबमा सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–७ घर भई हाल काठमाण्डूको टोखा बस्नदै आएका ३५ वर्षीय सर्बराज बिसी रहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पीडितसँग ४ लाख रुपैयाँ लिएर बिसी सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा शुक्रबार उनलाई टेकुबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बिसीमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us