काठमाण्डू, २३ फागुन– भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश ल्याइएको छ ।
आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फिर्ता पठाएको हो ।
यस्ता प्रलोभनमा परेर कानुन विपरीत कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन दूतावासले आग्रह समेत गरेको छ ।