स्वास्थ्यमन्त्रीलाई तोसिमाको प्रश्नः महिला सचिवसँग काम गर्न नसक्ने हो ?

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १६:२६ मा प्रकाशित

काठमाण्डू, २३ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले संविधानमा लैंगिक समानताको धारा त राख्यौं तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताएकी छन ।

आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन । उनले वरीयताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता कौशल मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरिएको भन्दै क्याबिनेटले यस्तो निर्णय किन गरेको भनेर सरकारलाई प्रश्न समेत गरेकी छन । उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिव नियुक्ति भएको छ ।

सिफारिसको आधारमाम वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निर्णय किन गर्‍यो ?’

सांसद कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलप्रति लक्षित गर्दै प्रश्न गरिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ? कि महिला नेतृत्व स्वीकार नगरिएको हो । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामान्य प्रशासनमन्त्रीसँग संसदले जवाफ माग्नु पर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us