प्रधानमन्त्री पुग्दा सुर्खेतमा सडक खाली गराइयो, स्थानीयको विरोध

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १५:४४ मा प्रकाशित

काठमाण्डू, २३ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका छन । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका थिए ।

प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो । केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन समेत जनाएका थिए ।

उनीहरूले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us