काठमाण्डू, २३ फागुन– आज शुक्रबार राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन । जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत सरकार सँग माग गरेका छन ।