पोखरामा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

काठमाण्डु टुडे २०८१ फागुन २३ गते १३:३० मा प्रकाशित

काठमाण्डू, २३ फागुन– मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ ।

आज शुक्रबाबर महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको प्रहरीले जानकारी दिएको छ । पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो ।

सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएको प्रहरीले जानकारी दिएको छ । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ ।

पोखरा महानगरले कुनैपनि हालतमा लेकसाइडमा कोटीहोम हुन नसक्ने जिकिर गरेको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारी जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us