काठमाण्डू, २३ फागुन- एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीका अध्यक्ष एवं जनता टाइम्स अनलाइनका सञ्चालक गणेश बस्नेतले साइबर क्राइमसम्बन्धी मुद्दामा सफाइ पाएका छन् ।
काठमाण्डू जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बस्नेतलाई सफाई दिएको हो ।
अदालतले सञ्चार माध्यममा प्रकाशित समाचारको विषयलाई साइबर क्राइममा कारबाही गर्न नमिल्ने फैसला गरेको चौतारीका नेता विश्वमणि सुवेदीले बताए ।
सञ्चार माध्यममा प्रकाशित समाचारको आचारसंहिता हेर्ने जिम्मेवारी प्रेस काउन्सिलको रहेको पनि अदालतले स्पष्ट गरेको छ । बस्नेतको पक्षमा
वरिष्ठ अधिवक्ताहरु बाबुराम दाहाल र रामबहादुर खड्का तथा अधिवक्ताहरू रामचन्द्र पौडेल, योगेन्द्रबहादुर थापा, चेतबहादुर थापा र हरि पंगेनीले बहस गरेका थिए ।