उदयपुर, २३ फागुन- उदयपुरको गाइघाटमा बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको ज्यान गएको छ ।
प्रदेश१–०५–००१च००९१ नम्बरको बोलेरेले बिहीबार साँझ ठक्कर दिँदा त्रियुगा नगरपालिका १२ मा दिदीबहिनीको मृत्यु भएको हो ।
सप्तरीको राजविराज घर भई गाइघाटमा डेरा गरी बस्ने ललन दासका छोरीहरु १२ वर्षीया देवकुमारी र १४ वर्षीया अनुकुमारीको मृत्यु भएको हो ।
घरको पेटीमा खेलिरहेका उनीहरुलाई बोलेरोले ठक्कर दिएको उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए । योगीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले गाडी चालक त्रियुगा नगरपालिका ९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।