काठमाण्डू, २३ फागुन-जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहीबार राति १० बजेर २५ मिनेट जाँदा जुम्लाको नराकोट आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पबाट कुनै भौतिक वा मानवीय क्षति भएको सूचना भने प्राप्त नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।