अन्ततः सरकारले हटाउने नै भयो कुलमान, सोधियो ४ बुँदे स्पष्टीकरण

काठमाण्डु टुडे २०८१ फागुन २२ गते १९:३१ मा प्रकाशित

काठमाण्डू, २२ फागुन– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने अन्तिम तयारी गरेको छ ।
त्यसका लागि घिसिङसँग पाँचौं पटक स्पष्टीकरण सोधिएको छ । सरकारले बिहीबार पदबाट किन नहटाउने भन्दै कुलमानलाई स्पष्टीकरण सोधेको हो । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कुलमानसँग तीन दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यसअघि पछिल्लोपटक ऊर्जमन्त्री दीपक खड्काले १३ फागुनमा नियुक्ति किन बदर नगर्ने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको थियो । सरकारले कुलमानसँग २२ असोज,
१३, कात्तिक १३ र २२ पुसमा पनि स्पष्टीकरण सोधेको थियो । बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाईसचिव सुरेश आचार्यले तीन दिनको समय दिएर घिसिङलाई ४ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरणमा तपाईंको नियुक्ति रद्द किन नगर्ने भन्दै सोधिएको छ । कार्यसम्पादन प्रतिवेदन पेस नगरी कार्य सम्पादन सम्झौताको सर्त उल्लंघन गरेको आरोप सरकारले घिसिङमाथि लगाएको छ । सोही कारण देखाउँदै उनलाई शून्य नम्बर दिइएको थियो ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा ऊर्जामन्त्री खड्काले लोडसेडिङ अन्त्य गर्न घिसिङको भूमिका नरहेको बताएका थिए । उनले कुलमानले नभई भारतले नेपालमा लोडेडिङ अन्त्य गरिदिएको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us