काठमाण्डू, २२ फागुन– नवनियुक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाले पदाबहाली गरेका छन । डा.देवकोटालाई हिजो बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गरेको थियो बिहीबार मन्त्रालय पुगेर डा. देवकोटाले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा थिए । स्वास्थ्य सचिव रहेका डा.रोशन पोखरेलले यही फागुन १२ गते अवकास पाएपछि उक्त पद रिक्त भएको थियो । स्वास्थ्य सचिवका लागि देवकोटासहित ३ अतिरिक्त सचिवको नाम सिफारिस गरिएको थियो ।