दशरथ रंगशालामा युवा कुट्नेहरु बिल्लधारी गुण्डा होईनन्, ती गणतन्त्रको सेनानी हुनः एमाले सांसद रिजाल

काठमाण्डु टुडे २०८१ फागुन २२ गते १६:१० मा प्रकाशित

काठमाण्डू, २२ फागुन– एमाले सांसद ईश्वरबहादुर रिजालले दशरथ रंगशालामा युवा कुट्ने एमाले कार्यकर्ता ‘बिल्लाधारी गुण्डा’ नभएर ‘गणतन्त्रका सेनानी’ भएको बताएका छन ।

आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रिजालले यस्तो दाबी गरेका हुन् । उनले भने , ‘ सभ्यताको यो थलो संसदमा एकरदुई दिन अगाडिदेखि बडो असभ्य शब्दहरु प्रवेश हुँदैछ ।

भर्खर भर्खर जंगलबाट शहरतिर छिरेका जम्मो मन्त्रीहरुले यस्ता शब्दहरु अशिष्ट, असभ्य र असंसदीय सभ्यहरु यहाँ राख्ने निरन्तर प्रयास भएको छ । हिजोमात्रै बिल्ला लगाएको गुण्डाहरु भन्ने जुन यहाँ सुनियो, यो संसदीय शब्द होइन ।

यो असभ्य शब्द हो । म के चूनौति दिन चाहन्छु भने ती बिल्लाधारी गुण्डा होईनन्, ती लोकतन्त्र र गणतन्त्रका सेनानी हुन् । जब लोकतन्त्र र गणतन्त्रमाथि प्रहार हुन्छ, लोकतान्त्रिक गणतन्त्रात्मक नेतृत्वमाथि प्रहार हुन्छ, ती चुप लागेर बस्दैनन् । जब ती चुप लाग्दैनन्, त्यतिखेर दुनियाँले थाहा पाउनेछ ती सेनानीहरुको ताकद कति हुँदोरहेछ भनेर ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us