काठमाण्डू, २१ फागुन– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाउन सांसदहलाई आग्रह गरेका छन । आज बुधबार बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।
अर्थमन्त्री पौडेलले भने, ‘ सदनलाई कुण्ठा व्यक्त गर्ने थलो बनाउन हुँदैन । विचार व्यक्त गर्ने थलो बनाउनुपर्छ ।
म आग्रह गर्छु, यो कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं यसलाई ।’ त्यस्तै, सरकारले अध्यादेश ल्याउनु कुनै स्वेच्छाकारी र निरंकुशतातर्फको यात्रा नभएको पनि उनले बताएका छन । उनले भने, ‘यो स्वेच्छाकारी र निरंकुशतातर्फको कुरा होइन । सरकारले आवश्यकता ठानेर सदनमा ल्याएको हो ।
यो हामीले व्यवस्था गरेको अभ्यासले दिन्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘दुनियाँको अभ्यासले दिन्छ ।
सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु निरंकुशता हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने रु लोकतन्त्रको गलत व्याख्या नगर्न आग्रह गर्छु ।’