काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति व्यक्त गरेको छ ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न उठाउँदै आपत्ति व्यक्त गरेका हुन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हामी सार्वजनिक संस्थामा राजनीतिक नियुक्तिको उपज के हुन्छ भन्ने देखिरहेका छौं ।
कुलमान घिसिङजस्तो कम्पनीलाई फाइदामा पुर्याउनेलाई मूल्याकंन जिरोमा गर्छौं,’ झाले भने, ‘विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाएन भनेर उसलाई हामी निष्कासनको बहानाबाजी गरिरहेका छौं ।’
उनले खबरदारी नै जारी गर्दै अघि भनेका छन्, ‘खबरदार भन्न चाहन्छौं, एउटा कुलमानलाई लखेट्यो भने हामी हजारौं कुलमान लिएर आउनेछौं ।’