काठमाण्डू, २१ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाण्डूमा मोटरसाइकल र्याली निकालेको छ ।
राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी भएका छन ।
राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्याली बबरमहलहुँदै नारायणहिटीसम्म पुगेको हो ।
राप्रपाको र्यालीका कारण काठमाण्डू उपत्यकाको ट्राफिक व्यवस्थापन पनि अस्तव्यस्त बनेको छ ।