महिला र पुरुषद्वारा एउटै डोरीमा झुण्डिएर आत्महत्या

काठमाण्डु टुडे २०८१ फागुन २० गते १६:४० मा प्रकाशित

विराटनगर, २० फागुन– विवाहेत्तर सम्बन्धमा रहेका महिला र पुरुष एउटै डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारको एक रुखमा महिला र पुरुषले सँगै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी हस्ता सँगै मृत भेटिएका मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए ।

प्रहरीका अनुसरा जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा मुलुकबाहिर छन् । मृतकका एक वर्षका छोरा छन् । अजय पनि दुई सन्तानका बाबु हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us