काठमाण्डू, १९ फागुन– प्रहरीले काठमाण्डूको चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक पोइन्टबाट अवैध लागु औषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको सखुवा नानकार कट्टी गाउँपालिका–५ का २५ को मोहमद कलाम छन् । काकडभिट्टाबाट काठमाण्डू तर्फ आउँदै गरेको प्र.१०–०१–००१ ख ४५५९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्दा एक जना खैरो हेराइनसहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगाको टोलीले उनलाई पक्राउ गरेको हो ।
मोहमद कलामले लगाएको ज्याकेटको खल्तीमा कालो प्लाष्टिकले बेरेर लुकाएको अवस्थामा ३० ग्राम खैरो हेराइन बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।