जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्ने

काठमाण्डु टुडे २०८१ फागुन १९ गते १४:१८ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै छ ।

केन्द्रीय समितीको बैठक आगामी फागुन २५ र २६ गते महोत्तरीको पावन मिथिला होटलमा सो पार्टीको केन्द्रीय समिति बैठक बस्ने गरी तय भएको जनमत पार्टीका एक नेताले जानकारी दिएका छन ।

त्यस्तै सो पार्टीको प्रदेश समन्वय समिति, मधेस प्रदेशको बैठक पनि बस्ने भएको छ । उक्त समितिको बैठक फागुन २७ गते सोही होटलमा बस्ने समेत जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिएका छन् ।

त्यस्तै सो पार्टीका धनुषा जिल्ला इन्चार्जले गरेका केही पालिका कमिटी विघटन र पुनर्गठनका विषयलाई केन्द्रीय सचिवालयले अनुमोदन नगरेको समेत प्रवक्ता यादवले बताएका छन् ।

उनले ती पालिकामा पहिलेकै समिति यथावत् रहने समेत स्पष्ट पारेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us