अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन १९ गते ११:४३ मा प्रकाशित

काठमाण्डू, १९ फागुन– प्रहरीले अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई सोही नगरपालिका–१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । पक्राउ परेका बस्याललाई अदालतबाट ५ दिनको म्याद थप गराइ थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

बस्यालले एक वर्षअघि २६ वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । क वर्गकी अपाङ्गता भएको ती महिलालाई बस्यालले आफ्नो घरमा घरायसी काम गराउने र त्यसै बेला कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको आरोप छ । पीडित महिलाबाट तीन महिनाअघि छोराको जन्म भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us