काठमाण्डू, १९ फागुन- कांग्रेस नेता शेखर कोइरालाले काँग्रेस कम्युनिस्ट पार्टीसँग फसेको बताएका छन् ।
बुटवलमा काँग्रेस प्रचार विभागले आइतबार गरेको कार्यक्रममा कोइरालाले कम्युनिष्टसँगको संगतले काँग्रेसलाई नोक्सान मात्र भएको बताए ।
आफूहरु कम्युनिष्ट पार्टीहरु एमाले र माओवादीसँग लड्नुपर्नेमा पार्टीभित्रै लडेर थाकेको उनको भनाइ थियो । पार्टीभित्र एकता नभएगसम्म काँग्रेसलाई जनताले चुनावमा मत नदिने कोइरालाले स्पष्ट गरे ।
राजनीतिक नेतृत्वले देशभित्रै सम्भावना छ भन्ने विश्वास जगाउन नसक्दा दैनिक १५ सय देखि २ हजार युवा विदेश पलायन भइरहेको टिप्पणी उनले गरे ।