काठमाण्डू, १८ फागुन– सत्ता घटक दल नेकपा एमालेले नेकपा जनसङ्गठनहरूमा स्थायी कमिटी नराख्ने भएको छ ।
आइतबार बसेको सचिवालय बैठकले जनसङ्गठनहरूको केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको बैठक पछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले पार्टीका जनसङ्गठनमा स्थायी कमिटी नरहने निर्णय गरेको बताए ।
‘जनसङ्गठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय भएको छ’ पोखरेलले सचिवालयको निर्णय उद्धृत गर्दै जानकारी दिए ।
साथै उनले कमिटीहरूको सङ्ख्या घटाउने निर्णय भएको बताए । जनसङ्गठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने पोखरेलले जानकारी दिएका छन ।