पाथीभरामा केबलकार निर्माण अघि बढाउन छलफल थाल्ने एमालेको निर्णय

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १८:१८ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– सत्ता घटक दल नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकार निर्माणको प्रकियालाई अघि बढाउन सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) ललितपुरको च्यासल स्थित एमाले मुख्यालयमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले यस्तो निर्णय गरीएको जानकारी दिए ।

उनले भने, पाथीभरा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि, सरोकारवालासँग विवाद समाधान गर्ने, ‘केबलकार निर्माणको प्रक्रियालाई अघि बढाउन सहज वातावरण बनाउन सरोकावालासँग छलफल गर्न पार्टीले चासो राखेको छ । त्यही कुरामा भूमिका खेल्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us