देशको अस्तित्व जोगाउनु पहिलो दायित्वः अध्यक्ष नेपाल

काठमाण्डु टुडे २०८१ फागुन १८ गते १७:३२ मा प्रकाशित

काठमाण्डू, १८ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वको परिस्थिति नसोचेको ढङ्गबाट अघि बढिरहेकाले हाम्रो देशको अस्तित्व जोगाउने पहिलो दायित्व भएको बताएका छन ।

आज (आइतबार) एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको प्रथम पूर्ण बैठक तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन ।

अध्यक्ष नेपालले संसार गतिशील भइरहेको तर हाम्रो दिमाग स्थिर रहेको भन्दै डाइनामिक हुनुपर्ने पनि बताएका हुन ।

अध्यक्ष नेपालले भने, ‘विश्वको अहिलेको परिस्थिति नचिताउने ढङ्गबाट अघि बढिरहेको छ । त्यसकारण अहिले हामीले गम्भीरताका साथ देशको अस्तित्व जोगाउनु पहिलो हुन जान्छ, ‘देशको गरिमाको रक्षा दोस्रो कुरा, देशको राष्ट्रिय हितको संरक्षण गर्ने तेस्रो कुरा हो ।’ नेपाल दुई ठुला देशको बिचमा रहेको र दुवै देशका आआफ्ना संवेदनशीलता रहेको भन्दै त्यो संवेदनशीलतालाई ध्यान दिँदै सन्तुलित सम्बन्ध राख्नुपर्ने आवश्यकता रहेको अध्यक्ष नेपालको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us