बैतडी, १८ फागुन– बैतडीको दोगडाकेदार गाउँपालिका–८ मा गोली प्रहारबाट एक युवकको हत्या भएको छ ।
२५ वर्षीय सुरेन्द्र विष्टको शनिबार साँझ गोली प्रहार गरी हत्या भएको बैतडकी प्रहरी प्रमुख डिएसपी मकेन्द्र मिश्रले बताए ।
मिश्रका अनुसार गोली प्रहारबाट घाइते भएका विष्टको उपचारका क्रममा क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । मृतकका दाजु नाता पर्ने स्थानीय ४५ वर्षीय कर्ण विष्टले गोली हानेको प्रहरीको भनाइ छ ।
घटनापछि फरार विष्टको खोजी जारी रहेको डिएसपी मिश्रले बताए । दुई जनाबीच आर्थिक लेनदेनको विषयलाई लिएर दिउँसो विवाद भएको र साँझ गोली प्रहार भएको स्थानीयले बताएका छन् ।