विराटनगर,१७ फागुन– एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले एमाले क्रान्तिकारी पार्टी भएको दाबी गरेका छन् ।
एमाले मोरङको १०औं जिल्ला अधिवेशनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै उनले देशमा एक मात्र क्रान्तिकारी पार्टी एमाले भएको बताए ।
एमाले नेतृत्वमा मात्र मुलुकका समस्या समाधान हुन सक्ने जिकिर उनको थियो । काँग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दलले मुलुकको नतृत्व लिन नसक्ने दाबी पनि उनको थियो ।
‘इतिहासका आधारमा काँग्रेस र माओवादी केन्द्र र उनीहरुको नेतृत्व क्रान्तिकारी होइन’, बादलले भने, ‘यी अस्थिरतावादी र अवसरवादी हुन् । एमाले मात्र क्रान्तिकारी पार्टी हो । देशको अवस्था बदल्न सक्ने पार्टी हो ।’