गर्भवती श्रीमतीको हत्या गरी शव घरभित्रै गाडेर श्रीमान फरार

काठमाण्डु टुडे २०८१ फागुन १७ गते १८:३८ मा प्रकाशित

धनुषा, १७ फागुन– धनुषामा श्रीमानले श्रीमतीको हत्या गरी भरभित्रै गाडेर फरार भएका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनियाकी २० वर्षीया अञ्जलीदेवी यादवको शव घरभित्रै गाडीएको अवस्थामा भेटिएको हो शनिबार शव उत्खनन् गरेर निकालिएको धनुषा प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीे बताए ।

मृतकका श्रीमान हरेराम यादव १० महिनाकी छोरी लिएर फरार छन् । बाहिरबाट ताला लगाएको अवस्थामा घरभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

शव कुहिएको अवस्थामा भेटिएकाले कम्तिमा एक साताअघि घटना भएको हुन सक्ने तिवारी बताउँछन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

गत शनिबार हरेराम र अञ्जलीको बीचमा झगडा भएको छिमेकीले बताएका छन् । उनीहरुका अनुसार अन्जली गर्भवती थिइन् ।

प्रहरीले भने गर्ववती भए÷नभएको पोष्टमार्टम रिपोर्ट आएपछि थाहा हुने जनाएको छ । एसपी तिवारीले हरेरामको खोजीमा टोली परिचालन गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us