काँगेस र एमालेले पालैपालो सरकार चलाए मात्र अस्थिरता हट्छः पोखरेल

काठमाण्डु टुडे २०८१ फागुन १७ गते १६:१७ मा प्रकाशित

काठमाण्डू, १७ फागुन–एमाले महासचिव शंकर पोखरेलले काँग्रेस र एमालेबीचको सत्ता सहकार्य आगामी निर्वाचनसम्मै रहने दाबी गरेका छन् ।

नेपाल राष्ट्रिय होटल व्यवसायी संघको प्रथम अधिवेशनको शनिबार उदघाटन गर्दै उनले मुलुकको हित नचाहनेहरुले सरकारको आयुबारे अनर्गल हल्ला चलाएको बताए ।

मुलुकको अस्थिरतामा रमाउन चाहनेहरुको सपना पूरा नहुने दाबी उनको छ । ‘एकएक महिनामा अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ’, पोखरेलले भने, ‘त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपना मात्र हो ।’

पोखरेलले काँग्रेस र एमालेको सहकार्यको उद्देश्य राजनीतिक अस्थिरता समाप्त गर्ने रहेको जिकिर गरे ।

राजनीतिक धुव्रीकरणका माध्यमबाट दुई दलीय व्यवस्थामा लगेर मुलुकमा स्थायी सरकारको सुनिश्चित गर्नुपर्ने मान्यताका पक्षमा काँगेस र एमाले रहेको उनको भनाइ थियो ।

काँग्रेस र एमालेमध्ये एउटा सरकारमा र एउटा प्रमुख पार्टी प्रतिपक्षमा हुने व्यवस्था मुलुकमा जरुरी रहेको तर्क उनले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us