झापाबाट काठमाण्डू आउँदै गरेको गाडी मुलकोटमा दुर्घटना

काठमाण्डु टुडे २०८१ फागुन १७ गते १६:०६ मा प्रकाशित

सिन्धुली, १७ फागुन– सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुलकोटमा सवारी दुर्घटना भएको छ ।

झापाबाट काठमाण्डू आउँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००६३ नम्बरको गाडी दुर्घटना भएको हो ।

सिन्धुली प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम कार्कीले गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको जानकारी दिए ।

कार्कीका अनुसार दुर्घटनामा चालक र सह–चालकसहित ९ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us