बनेपाको होटलमा महिला मृत फेला, हत्याको आशंका

काठमाण्डु टुडे २०८१ फागुन १६ गते १४:३७ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा एक महिला मृत अवस्थामा फेला परेकी छन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा एक जना महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ ।

बिहीबार साँझ ५स्३० बजेको समयमा उक्त होटलमा महिला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन । प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ रहकी उनले जानकारी दिए ।

उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us