काठमाण्डू, १६ फागुन–परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाण्डूमा ओर्लन नसकेपछि छिमेकी देश भारतको कोलकाता डाइभर्ट गरीएको छ ।
दोहाबाट आइरहेको कतार एयरलाइन्सको जहाज काठमाण्डूमा ओर्लन नसकेपछि कोलकाता ल्यान्ड भएको प्ररराष्ट्रमन्त्री राणाका को सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
काठमाण्डूमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको उनको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावको कारण आज बिहान काठमाण्डू उपत्यकामा हल्का पानी परेको थियो ।