सन्धुपाल्चोक भूकम्पः कारागारमा भागदौड हुँदा कैदीको हात भाँचियो

काठमाण्डु टुडे २०८१ फागुन १६ गते ७:२३ मा प्रकाशित

काठमाण्डू, १६ फागुन– बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टरको शक्तिशाली भूकम्पका कारण भागदौड हुँदा जिल्ला कारागारका एक कैदी घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले कुनै मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको बताए ।

डराएर भाग्ने क्रममा लडेर जिल्ला कारागार चौतारामा रहेका एक कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us