काठमाण्डू, १६ फागुन– बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ भैरवकुण्ड केन्द्रबिन्दु भएर गएको ६.१ रेक्टरको शक्तिशाली भूकम्पबाट ठूलो क्षति भएन ।
गाउँपालिका अध्यक्ष पाशाङनुर्पु शेर्पाले पहाड विस्फोट भएजस्तो ठूलो आवाजसहित भूकम्प गएको थियो ।
केन्द्रबिन्दु आसपासका तातोपानी, लिस्ती, फुल्पिङकट्टि र मार्मिङतिरमा बढी धक्का महसुस भएको बताए ।
अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भएको सूचना प्राप्त नभएको उनको भनाइ छ । शेर्पाका अनुसार भोटेकोशी–३ दुगुनागढी भीरमा सुख्खा पहिरो खसेको छ ।