काठमाण्डू, १६ फागुन– बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो गोर्खा भूकम्पको पराकम्प हो ।
भूकम्पले आसपासका जिल्ला तथा काठमाण्डू उपत्यकालाई समेत मज्जैले हल्लायो । सुतिरहेका मानिसहरु भूकम्प आएपछि चिच्याउँदै घरबाहिर निस्किएका थिए ।