काठमाण्डू, १५ फागुन– सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ ।
यो बिहीबार बेलुकी ५ बजेसम्मको संशोधन प्रस्तावको संख्या रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
संशोधनका लागि सांसदहरूलाई बेलुकी ५ बजेर ५५ मिनेसम्मको छ । अन्तिम समयमा समेत सांसदहरूले संशोधन राख्न सक्छन् ।
संशोधनहरू प्राप्त भइसकेपछि एकीकृत गरेर सभामुखबाट स्वीकृत गराउनुपर्छ । संशोधन प्रस्ताव अगाडि बढाउन सभामुखबाट स्वीकृति प्राप्त भएपछि संशोधन प्रस्ताव र विधेयक एकसाथ दफावार छलफलमा जानेछन् ।
यो विधेयकमाथि यही फागुन १२ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो ।