त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्तको उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०८१ फागुन १५ गते १७:२४ मा प्रकाशित

काठमाण्डू, १५ फागुन– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल र प्रवक्ता तथा सचिव प्रकाश पौडेल लगायतका नेताको उपस्तिथिमा भट्टको उम्मेदवारी घोषणा गरिएको हो ।

भट्ट गत पुसमा ३५ बुँदे माग राखेर उपकुलपति प्राडा केसरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा २४ सै घण्टा धर्नामा बसेर चर्चामा आएका थिए ।

भट्ट हाल विश्वविद्यालय क्याम्पसको स्ववियु सचिव हुन् । स्ववियुको चुनाव आगामी ५ चैतमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us