नन्दबहादुरलाई सचिव, उपमहासचिव वा उपाध्यक्षमध्ये एक जिम्मेवारी दिइन्छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन १४ गते २०:३५ मा प्रकाशित

काठमाण्डू, १४ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिने विषयमा विवाद नरहेको दाबी गरेका छन् ।

पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टरले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले पुनलाई उपाध्यक्ष, उपमहासचिव वा सचिवमध्ये एउटा जिम्मेवारी दिने तयारी रहेको बताए ।

तर त्यस सम्बन्धमा औपचारिक निर्णय हुन बाँकी रहेको उल्लेख गरे । पार्टीमा जिम्मेवारी नतोकिएका कारण हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा नल्याएको प्रष्टीकरण उनको थियो ।

‘उपराष्ट्रतिलाई सक्रिय राजनीतिमा ल्याउनेबारे हाम्रो पार्टीमा कुनै विवाद छैन। तर, प्रदेशमा पनि साथीहरूको राय सुझाव बुझेर मात्रै उहाँलाई औपचारिक जिम्मेवारी दिँदा ठीक हुन्छ भनेकाले उहाँलाई उपाध्यक्ष बनाउने हो कि ? सचिव, उपमहासचिव बनाउने भन्नेबारे निर्णय गरिनसकेकाले नल्याएका हौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us