एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाण्डु टुडे २०८१ फागुन १४ गते १४:३६ मा प्रकाशित

काठमाण्डू, १४ फागुन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ ।

सचिवालयको बैठक केहि बेर अधि एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा सुरु भएको एक नेताले जानकारी दिएका छन । गत १० फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेताहरूले उठाएका विषयमाथि सचिवालयमा छलफल हुँदैछ ।

पार्टीको भावी कार्यदिशा तय गर्न बसेको बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न सुझाव राखेका छन् । ती सुझावहरू समेटेर कार्य योजना पारित गर्नेगरी सचिवालय बैठक बसिरहेको ति नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us