काठमाण्डू, १३ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा लाइट जडान गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको प्राथमिकतामा पर्न नसक्दा टियू क्रिकेट ग्राउण्डमा लाइट जडान हुन नसकेको बताएका छन ।
उनले भने, ‘७ दलको ७ महिना लामो ७ बुँदे सम्झौताले बनेको सरकारले टियू क्रिकेट ग्राउण्डमा एउटा पनि लाइट जडान गर्न सकेन ।’ टियू क्रिकेट मैदान सरकारको प्राथमिकतामा नपरेको भन्दै उनले अन्यत्र प्राथमिकता पर्नेमा विश्वास गर्न नसकिएको पनि बताएका छन । उनले भने, ‘जनकपुरको रामजानी स्टेडियम त खै कहिले बन्ने हो ?’ ।