भ्यानको ठक्करबाट बालकको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १३ गते १३:२४ मा प्रकाशित

कैलाली, १३ फागुन–कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका– १ का ६ बर्षीया बालक जोनिस बिष्ट रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१ को लालरत्न अस्पताल अगाडि सोमबार सुपप्र ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले लम्कीचुहा नगरपालिका–५ की उर्मिला विष्टका ६ वर्षीय छोरा जेनिसको भ्यानको ठक्करबाट मृत्यु भएको जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ पैदल हिंडिरहेका बेला भ्यानले ठक्कर दिंदा घाइते भएका विष्टको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको उनले जानकारी दिएका छन । भ्यान र चालक अछामको मंगलसेन नगरपालिका–४ बस्ने २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us